राजसंस्था र हिन्दूराष्टको आन्दोलनमा राप्रपाको समर्थन रहन्छ:राप्रपा अध्यक्ष थापा


प्रकाशित: मंसिर २३, मङ्गलबार, काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् । सोमबार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा उनले स्वःस्फूर्तरुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताए ।

अध्यक्ष थापाले थपे “राजा आऊ देश बचाऊ होइन, जनता आऊ, राजा ल्याऊ देश बचाऔँ भनौं,” भन्नुपर्यो ।” उनले जनताले राजालाई ल्याएर राजा र जनता मिलेर देश बचाउनुपर्ने बताए । उनले राजसंस्था र हिन्दूराष्ट्र पक्षधरलाई राप्रपाको नेतृत्वमा गोलबद्ध हुन पनि आग्रह गरे । राजसंस्था र हिन्दू राष्ट्र राजनीतिक स्वार्थ नभएर देशको अस्तित्व, पहिचान र सार्वभौमिकतासँग जोडिएको विषय भएको दाबी गरे । त्यस्तै चुनाव चिन्ह हलो भएकोमा दुख मनाउ गर्नुपर्ने अवस्था नभएको भन्दै हलोको सामाजिक सांस्कृतिक महत्वबारे चर्चा गरे ।

त्यस्तै, अर्का अध्यक्ष पशुपति शमशेर जबराले ’सरकारले सिन्को पनि नभाँचेको’ आरोप लगाए । ’मुलुक अहिले नराम्रो अवस्थामा छ । दुई तिहाई सरकार २ वर्षमम दिशाहीन उपलब्धिहीन बाटोमा छ । सरकारले सिन्का भाच्न सकेको छैन,’ उनले भने, ’सरकारसँग केही ठोस बाटो छैन । काण्डको नाम लिन साध्य छैन । स्थायित्वका लागि प्राप्त जनादेशको पनि आपसी कलहमा परेर सरकारले खिल्ली उडायो ।’

कार्यक्रममा अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारी एउटा पार्टी र त्यसको एउटा समूहको जस्तोमात्र देखिएको आरोप लगाएका छन् । अध्यक्ष लोहनीले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउँदै देशमा संवैधानिक राजतन्त्रको आवश्यकता रहेको औल्याए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial