काठमाडौं । उच्चस्तरीय राजनीतिक भेटघाट सकेर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसहितको टोली बुधवार बिहान चीन फर्किएको छ ।
आइतवार नेपालको चारदिने भ्रमणमा आएका उपमन्त्री गुओ येझाउसहितको टोली बुधवार स्वदेश फर्किएको हो ।
नेपालमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएका बेला चिनियाँ टोलीको नेपाल भ्रमणलाई चासोपूर्ण रुपमा हेरिएको थियो । नेपालस्थित चिनियाँ राजदूतावासको आयोजनामा नेपाल आएको उक्त टोलीले राष्ट्रपति प्रधानमन्त्रीसहित नेकपाका नेताहरु साथै प्रमुख प्रतिपक्षी दलका नेतासँग समेत भेटेका थिए ।
आइतवार दिउँसो काठमाडौं आइपुगेको उक्त टोलीले सोहीदिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको थियो ।
त्यस्तै सोमवार नेकपाको प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका थिए ।
त्यस्तै मंगलवार चिनियाँ टोलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटघाट गरेका थिए । भेटघाटका क्रममा विपि कोइराकाको प्रसंगमा समेत कुरा भएको बताइएको छ । त्यस्तै उनीहरुले पूर्व प्रधानमन्त्री समेत रहेका जसपाका नेता डा बाबुराम भट्टराईसँग भेटघाट गरेको थियो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :