सेयर लगानीकर्ता आतिएर भेट्न पुगे डेपुटी गभर्नर


प्रकाशित: मंसिर २१, आइतबार, काठमाडौँ । 
सेयर बजारका लागनीकर्ताहरुले राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसँग भेट गरेका छन् । गभर्नर अधिकारीसँग भेट्न गएका उनीहरुले शिवाकोटीसँग छलफल गरेका फर्किएका हुन् ।

भेटमा सहभागी नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले राष्ट्र बैंकले लगानीकर्तासँग सकारात्मक छलफल गरेको जानकारी दिए । मौद्रिक नीतिको समीक्षा गरेर सेयर धितो ऋणमा कडाइ गर्ने विषयले बजारमा प्रभाव पर्ने भन्दै तत्काल यस्ता विषय नचलाउन लगानीकर्ताले राष्ट्र बैंकसँग आग्रह गरेका थिए ।

डेपुटी गभर्नर शिवाकोटीले मौद्रिक नीति पुनरावलोकन गर्दा लगानीकर्तासँग छलफल गरेर मात्रै अघि बढ्ने बताउनु भएको छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial