अमेरिकी सिनेटरहरु नौ खर्ब डलर बराबरको राहत प्याकेज ल्याउन सहमत


एजेन्सी । अमेरिकी सांसदहरू करिब नौ खर्ब डलर बराबरको राहत प्याकेज ल्याउन सहमत भएका छन्। व्यापार, व्यवसाय सञ्चालन तथा बेरोजगारले पाउने सुविधा दिनका लागि यस्तो सहमति भएको हो ।

आममानिसलाई दिइने खोपका लागि र विद्यालयहरू पुनः सञ्चालनमा ल्याउनका लागि सहयोग गर्न पनि यो प्याकेजको प्रयोग गरिने बताइएको छ।

आगामी नौ महिनासम्म सरकारलाई आफ्ना गतिविधिहरू सञ्चालन गर्नका निम्ति यसअघि ल्याइएको १.४ ट्रिलियन डलर बराबरको कार्यक्रममा यो प्याकेज पनि थपिएको छ।

यो महिनाको अन्त्यतिर कोभिड–१९ सँग सम्बन्धित थुप्रै सहायता कार्यक्रमको म्याद सकिन लागेका बेला पछिल्लो सहमति भएको हो।


बेरोजगारले पाउने सुविधाको पहुँचाट करिब एक करोड २० लाख अमेरिकीहरू वञ्चित हुन लागेका थिए।

सिनेटमा प्रतिनिधित्व गर्ने रिपब्लिकन नेता मिच मक्कनेलले सहमतिबारे घोषणा गरेका थिए। त्यसमाथि औपचारिक मतदान हुन चाहिँ बाँकी छ।


बिहीवार सार्वजनिक बेजगारीसम्बन्धी तथ्याङ्क अनुसार बेरोजगारले पाउने सुविधाका लागि गत हप्ता आठ लाख ८५ हजार व्यक्तिले आवेदन दिएका छन्।यो सङ्ख्या सेप्टेम्बर महिनायताकै उच्च हो।

कङ्ग्रेसमा शुक्रवारसम्म यो सहमतिमाथि मतदान हुने अपेक्षा गरिएको छ। खर्च नपाएर सरकारका कामकारबाही ठप्प हुनसक्ने चिन्ताहरू व्यक्त भइरहेका थिए।

अक्टोबर महिनादेखि नै अस्थायी कोषमार्फत् वाशिङ्गटन सरकार चलिरहेको छ। अक्टोबर सङ्घीय सरकारको आर्थिक वर्षको शुरूवाती महिना भएको बिबिसीले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial