घाँटी रेटेर हत्या भएको अवस्थामा भेटिएका शिक्षकको शव विराटनगर ल्याइदै


प्रकाशित: म्म्सिर २४,  बुधबार, बिराटनगर ।
मोरङको मिक्लाजुङ गाउँपालिका – १ स्थित जंगलमा घाँटी रेटेर विप्लव समूहले हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठको शव पोष्टकमार्टमका लागि विराटनगर ल्याइदैछ ।

सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई आज मंगलबार विहान ६ बजेतिर ४ /५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले घरबाट अपहरण गरेर जंगलतर्फ लगेका थिए ।

स्थानीयले गोली चलेको आवाज पनि सुनेको भनेतापनि उनको शव हात बाँधीएको र घाँटी रेटी विभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

घरबाट मोरङका एसपी सन्तोष खड्काले दिएको जानकारी अनुसार ‘हत्याको कारण अझै खुलिसकेको छैन । राजनितीक अथवा आपराधीक कारण जे पनि हुनसक्छ । ’

शिक्षक श्रेष्ठसँग नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले चन्दा मागेको उनको परिवारले बताएको छ भने छिमेकीले उनी विप्लव समुहको ‘टार्गेट’ मा रहेको हल्ला सुनेको बताएका छन् ।

हत्या भएका शिक्षक मिलनसार र समाजसेवी भएका कारण विभत्स हत्याको घटनाले गाउँ शोकमा डुबेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial