पुसबाट विराटनगरमा विद्यालय खोल्ने तयारी, दुई सिफ्टमा कक्षा सञ्चालन हुने


प्रकाशित: मंसिर २२, सोमबार, बिराटनगर । 
विराटनगरका विद्यालयहरू खुल्ने निश्चित भएको छ । विराटनगरका सबै विद्यालयहरू पौष २ गतेबाट कोरोना महामारीकै बीचमा भौतिक रुपमै खुल्ने भएका हुन् ।  विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दिनुभएको जानकारी अनुसार कोरोना महामारीको जोखिम कम भएको कारण विद्यालय फेरि खोल्ने निर्णय गरिएको हो । आइतबार बसेको बैठकले विद्यालयहरु  पौष २ गतेबाट खुल्ने निर्णय भएको उहाँले बताउनुभयो ।

देशभरिका विद्यालयहरु विगत ९ महिनादेखि बन्द अवस्थामा रहेका छन् । कोरोना महामारीको जोखिम कम भएको भने छैन, यद्यपि विद्यालयहरु खुलाउनु अघि अभिभावकसँग परामर्श लियिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार जोखिम कायमै रहेकाले बिहान र दिउँसो दुई पालीमा (सिफ्टमा) कक्षा सञ्चालन गरिनेछ। "कोरोना संक्रमणको श्रृंखला बन्द भएको छ (चेनब्रेक भएको छ )। अब हामी सतर्कताका साथ कक्षा सञ्चालन गर्न तयारी गर्दैछौं, " उहाँले बताउनुभयो । 


कोरोनाको चेक जांच र संक्रमण दर पनि नियमित रुपमा घट्दै गएका कारण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भौतिक रुपमा सिफ्ट मिलाई कक्षा संचालन गरिने उहाँले बताउनभयो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial