युरोपियन मुलुकसँग श्रम सम्झौताको तयारी गर्दै नेपाल


काठमाडौं
। नेपाली कामदारहरुका लागि सरकारले काम, पारिश्रमिक तथा सेवासुविधासहित आकर्षक र सुरक्षित गन्तव्य मुलुकहरुको खोजी सुरु गरेको छ।

उच्च आयआर्जन गर्न सकिने मुलुकहरुसँग श्रम सम्झौता गरी नेपाली श्रमिकहरु पठाउन सरकारले पहल सुरु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो। त्यसका लागि सरकारले युरोपका पोल्याण्ड तथा रोमानियालगायतका मुलुकसँग श्रम सम्झौताको तयारी गरेको छ ।

‘हामीले नेपाली श्रमिकहरुको आयआर्जन राम्रो हुने युरोपका मुलुकहरुसँग श्रम सम्झौताको तयारी थालेका छौँ। आयआर्जनका हिसाबले उपयुक्त मुलुकहरु पोल्याण्ड, रोमानिया, सेसेल्ससँग श्रम सम्झौताको कुरा अगाडि बढेको छ,’ श्रम मन्त्रालयका सचिव तोयम रायाले भने।

यी मुलुकहरुसँगै टर्की, पोर्चुगल लगायत अन्य युरोपियन मुलुकहरुसँग समेत श्रम सम्झौता गर्न मन्त्रालयको जोड छ।

युरोप काम र कमाइका हिसाबले नेपाली श्रमिकहरुका लागि आकर्षक गन्तव्य बन्दै आएको छ। तर नेपालबाट युरोप छिर्ने सहज वातावरण भने छैन। सहज रुपमा युरोप छिर्न नपाएपछि नेपाली युवाहरु अवैध रुट तथा प्रकृयामार्फत छिरि रहेका छन । युरोपमा कागज बनाउने र स्थायी रुपमा बसोबास गर्ने धेरै नेपालीहरु यही रुट प्रयोग गरि आउने गरेका छन ।

भारत हुँदै तथा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमार्फत पनि भिजिट भिसा बनाएर अधिकांश नेपाली युवाहरु युरोप छिर्ने गरेका छन्। यसरी युरोप छिरेकाहरूमध्ये कतिपय राम्रो काम तथा कमाइ गरिरहेका छन्। यसरी युरोप छिर्ने सपना बोकेका ठूलो संख्यामा युवाहरु मानव तस्करको पन्जामा समेत पर्ने गरेका छन्।

कतिपयलाई मानवतस्करहरुले बाटैमा अलपत्र पार्ने गरेका घटनाहरु बढ्दै गइरहेका छन्। केहीलाई युरोप पुर्याएर पनि तस्करहरुले दुःख दिने गरेका छन्। तर पनि नेपाली युवाहरुमा युरोप मोह रोकिएको छैन। नेपालमा रोजगारीको अवसर नभएपछि उनीहरु ज्यानै जोखिममा राखेर यूरोप छिर्न बाध्य छन्।

केही समयअघि मात्रै सार्वजनिक भएको नेदरल्याण्डस्थित ट्रेड युनियनको अध्ययन प्रतिवेदनलेसमेत ज्यानै माया मारेर युरोप छिर्ने नेपालीहरुको दर्दनाक अवस्था चित्रित गरेको थियो। उक्त अध्ययनले चर्को शुल्क तिरेर नेपाली श्रमिकहरु युरोप छिर्न बाध्य रहेको देखाएको छ। जस्तै सरकारले पोल्याण्डका लागि ८० हजार ४ सय शुल्क तोके पनि नेपाली श्रमिकहरुले ८ लाखदेखि १२ लाखसम्म बुझाएर जान बाध्य रहेको अध्ययनले देखाएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial