दुई दिनमै १९ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?


काठमाडौं ।
नेपाली बजारमा सुनाचाँदीको मूल्य ह्वात्तै बढको छ । नेपाली बजारमा पछिल्लो २ दिनमा मात्रै सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार ९४ हजार ५ सय रुपैयाँ मूल्य रहेको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial