आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढ्यो


काठमाडौं
। आज नेपाली बजारमा सुनको मुल्य एक सय रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य तोलामा १०० रुपैंयाले बढेर ९२ हजार १०० रुपैंयामा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य ९१ हजार ५०० रुपैयाँ रहेको छ ।

त्यसैगरी चाँदीको मुल्य भने आज ह्वात्तै बढेको छ । आज बढेको नयाँ मुल्य अनुसार प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मुल्य १२ सय ८५ रुपैयाँ रहेको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial