सिन्धुली । बैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी कामदारहरुको समूहले आइतवार सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डे मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
बैदेशिक रोजगार व्यवसायीहरुबाट भइरहेको ठगीलाई नियन्त्रण गर्न बैदेशिक रोजगार बिभागबाट भईरहेको अनुगमनलाई तिब्रता प्रदान गरियोस भन्दै ज्ञापन पत्र बुझाईएको तदर्थ समिति संयोजक अमर बस्नेतले बताए ।
ज्ञापनपत्रमा बिमा कम्पनीहरुले मृतक परिवारलई प्रदान गरिने बिमित रकम भुक्तानी दिने क्रममा इच्छा बिपरित सबै प्रिमियम एकै पटकमा असूल गरी ठगी गर्ने कार्य बन्द गरिनुपर्ने, कोभिड तथ अन्य कारणले बैदेशिक रोजगारीमा अलपत्र परेकाहरुलाई अबिलम्ब उद्दार गर्नुपर्ने, फ्रि भिसा फ्रि टिकेट पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने, बिदेशबाट मृतकको लास तदारुक्ताका साथ ल्याउने काम गर्नु पर्ने जस्ता माग समेटिएका छन् ।
ज्ञापनपत्र संगै उक्त समुहले अलपत्र कामदारलई उद्दार गर, सेवा शुल्क बढाउन पाईदैन, फ्रि भिसा फ्रि टिकेट कार्यान्वयन गर, ठग एजेन्ट र मेनपावरलाई कार्वाही गर, ठग बिमा कम्पनी मुर्दावाद् जस्ता नारा प्रस्तुत गरेका छन् ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :