माघे संक्रान्तिमा ‘पौवा’ले परम्परागत परिकार पस्कने


बुटवल
। माघे संक्रान्तिलाई लक्षित गर्दै होटल पौवाले आफ्ना सबै शाखाहरुबाट माघीको परिकार खुवाउने भएको छ ।

आगामी माघ १ गते (माघे संक्रान्ति) संक्रान्तिका दिन पौवाका हरेक शाखाहरुमा माघीका दिन परम्परा देखि खाईंदै आएको परिकारहरु ग्राहकहरुका लागि निशुल्क खुवाउन थालिएकोको होटल पौवाले जनाएको छ ।

पौवा ग्रुपका अनुसार, जुन–जुन स्थानमा पौवाका शाखाहरु छन्, सोही शाखा रहेको स्थानमा स्थानीयले परम्परादेखि खाँदै आएको परिकार ग्राहकहरुलाई खुवाउन लागिएको हो ।

थारु समुदायमा माघीको प्रमुख परिकार ढिक्री, माछाको अचार, खिचडी, तरुल, सखरखण्ड सबै शाखाहरुमा उपलब्ध हुुनेछन् भने पाल्पा र योगीकुटी तिलोत्तमामा मगर समुदायको माघी स्पेशल सेलरोटी र लोकल अचार पनि ग्राहकका लागि उपलब्ध हुनेछन् ।

परम्परालाई निरन्तरता दिन र नेपाली संस्कृतिको जगेर्ना गर्न चाड अनुसारको स्वाद कार्यक्रम अगाडि ल्याईएको होटल पौवाका प्रमुख संचालन अधिकृत कृष्ण गौतमले बताए ।

होटल पौवाले कर्णाली प्रदेशको जुम्ला सहित लुम्बिनी प्रदेशको दाङ, कपिलवस्तु, रुपन्देही, पाल्पा र गुल्मीमा गरि ८ वटा शाखा संचालन गर्दै आएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी भालुबाङमा फागुन महिना सम्ममा सुबिधा सम्पन्न होटल संचालनमा ल्याउने तयारीमा रहेको होटल पौवाका प्रबन्धनिर्देशक विष्णु ज्ञवालीले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial