विप्लव समूहका विद्यार्थी नेता श्रेष्ठ पक्राउ


चितवन
– जिल्ला प्रहरी कार्यालय चितवनले नेत्रविक्रम चन्द समूहका विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–११ बस्ने २४ वर्षीय सुमन श्रेष्ठ रहेका छन् ।

अखिल (क्रान्तिकारी) चितवनका सचिवालय सदस्य तथा भरतपुर महानगर संयोजक उनलाई प्रहरीले शुक्रबार भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकबाट पक्राउ गरेको हो ।

चन्द समूहले आयोजना गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा समाजमा भय एवं त्रास उत्पन्न गराउने अभिप्रायले उच्छृङ्खल गतिविधि गर्ने योजना बनाइरहेको समयमा श्रेष्ठलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए ।

पक्राउ परेका उनलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial