श्रीमतीको उपचारको लागि प्रचण्ड भारततर्फ प्रस्थान


काठमाडौं
। पत्नी सीता दाहालको उपचारका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारततर्फ प्रस्थान गरेका छन् ।

प्रचण्ड पत्नी सीताको थप उपचारका लागि सोमवार (आज) बिहान ११ बजे उनी भारततर्फ गएका हुन् ।

प्रचण्डपत्नी सीता लामो समयदेखि अस्वस्थ रहँदै आएकी छिन् । पार्किन्सनको बिरामी रहेकी उनी सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई केही दिनअघि मात्र काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई मुम्बई लग्न लागिएको हो ।

सीतालाई उपचारका लागि यसअघि भारत र थाइल्याण्ड लगायतका अस्पतालमा लगिएको थियो ।

आफू सोमवार मुम्बई जान लागेको प्रचण्डले आइतवार पेरिसडाँडामा भएको प्रचण्ड –नेपाल समूहको स्थायी कमिटी बैठकमा जानकारी गराएका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial