कुलमानले तोकेको मूल्य नतिरेपनि विद्युत प्राधिकरणले फाइबर भाडा दोब्बर बढायो


काठमाडौं ।
इन्टरनेट सेवा प्रदायकसँग लिने मूल्यमा नेपाल विद्युत प्राधिकरणले शतप्रतिशतभन्दा बढी बढाएको छ ।

नेपाल विद्युत प्राधिकरणका फाइबरहरु भाडामा लिई आफ्नो कम्युनिकेसन, इन्टरनेट तथा टेलिभिजन सेवा सञ्चालन गरिरहेका कम्पनीहरुका लागि दोब्बर मूल्य बढाएको छ ।

पुस २८ गते सेवा प्रदायक कम्पनीहरुको नाममा पत्र लेख्दै प्राधिकरणले शुल्क बढाएको जानकारी दिएको हो । माघ २ गतेबाट इन्टरनेट सेवा प्रदायक तथा केबुल टेलिभिजन प्रसारकहरुको सेवा नवीकरण गर्नुपर्ने हुन्छ । माद्द २ गते पछिको फाइबरको सम्झौता नवीकरण र नयाँ सम्झौता हुँदा शुल्क बढाउने जानकारी गराएको छ ।

६६ केभी र सोभन्दा माथिको भोल्टेज स्तरको प्रसारण लाइनमा जडित फाइबर कोरको प्रति किलोमिटर ३२ हजार तोकेको छ । त्यस्तै ३३ केभी र सोभन्दा मुनिको भोल्टेज स्तरको वितरण लाइनमा जाडिएको फाइबर कोरको हकमा प्रतिकिलोमिटरको भाडा ३० हजार तोकेको छ ।

यसअघि प्रति किलोमिटर १५ हजार तोकेको थियो । सोही अनुसारले व्यवसायीहरुले तिर्दै आएका थिए । दुई वर्षअघि कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा भाडादर बढाएर एकैसाथ प्रति किलोमिटर ७२ हजार पुर्याएको थियो । त्यसपछि दुई वर्षसम्म व्यवसायीले भाडा तिरेका छैनन् ।

भारतबाट इन्टरनेट ल्याउँदा विद्युत प्राधिकरणको हाइडेन्सन पोलमा रहेको फाइबर प्रयोग गरेवापतको भाडा बढाएको हो । यो भाडा वृद्धिसँगै इन्टरनेट सेवा विस्तारमा समस्या हुने देखिएको छ ।

व्यवसायीहरुले भाडादर घटाउन व्यापक दवाव दिँदै आएको थियो । भाडादर घट्ने आशामा रहेका व्यवसायीहरु विगतको भन्दा दोब्बर बढी भाडा बढेको भन्दै थप आक्रोसित भएका छन् ।

इन्टरनेट सेवा प्रदायक संघका कोषाध्यक्ष पुष्कर बडालले महंगो भाडा तिर्न नसकिने बताए । व्यवसायीहरुले यसअघिका छलफलहरुमा १० देखि २० प्रतिशतसम्म भाडा बढाउँदा हुने सुझाव दिएका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial