हुस्सेका कारण आन्तरिक उडान प्रभावित


काठमाडौँ-
बाक्लो हुस्सु र कुहिरोले तराईका अधिकांश जिल्लामा तय भएका आन्तरिक उडानमा असर परेको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार हुस्सु नखुलेसम्म विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीमा हुने उडान हुने सम्भावना छैन । अन्तर्राष्ट्रिय उडान भने खासै समस्या नभएको उनले बताए । 

आन्तरिकतर्फ दैनिक औसत ९० हाराहारी उडान हुने गरेकोमा हुस्सु लाग्न थालेपछि भिजिबिलिटी अभावमा दिनैपिच्छेजस्तो उडान प्रभावित हुँदै आएको क्षेत्रीले बताए । कतिपय उडानमा ढिलाइ भइरहेको छ भने कतिपय रद्द नै हुने गरेको छ ।‍

अन्तर्राष्ट्रिय उडानका जहाजलाई अवतरण गर्न एक हजार ५०० मिटर भिजिबिलिटी चाहिन्छ । त्यस्तै आन्तरिक उडानका जहाजको प्रकृति अनुरुप फरक–फरक भिजिबिलिटी हुनुपर्छ ।

आइएफआर जहाजलाई उडानका लागि डेढ किलोमिटर भिजिबिलिटी चाहिन्छ । ती जहाजलाई अवतरणका लागि तीन किलोमिटर भिजिबिलिटी चाहिन्छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial