पृथ्वीको अन्तिम सडक जहाँ एक्लै यात्रा गर्न पाईंदैन


एजेन्सी ।
नर्वेको अन्तिम भाग पृथ्वीको उत्तरी ध्रुवसंग जोडिएको छ । त्यहाँबाट अगाडी जाने सडकलाई पृथ्वीको अन्तिम सडक पनि भनिन्छ । यो सडकको नाम ‘ई सिक्स्टीनाइन’ हो ।

यो सडकले पृथ्वीको उत्तरी ध्रुव र नर्वेलाई जोड्छ । १४ किलोमिटर लामो सडकपछि त्यहाँ अरु कुनै सडक छैन । केवल हिउँ र समुन्द्र मात्रै छ ।

‘ई सिक्स्टीनाइन’ सडकमा एक्लै पैदल हिंड्न र गाडी चलाउन निषेध गरिएको छ । जताततै हिउँ भएकाले हराउने सम्भावनाका कारण एक्लै हिंड्न निषेध गरिएको हो । समुहमा मात्रै त्यहाँ जान पाइन्छ ।

उत्तरी ध्रुवसंग जोडिएका कारण अन्तिम सडक ई सिक्स्टी नाइनमा जाडोको मौसममा रात सकिंदैन भने गर्मी मौसममा सूर्य अस्ताउँदैन ।

कहिले काँही यहाँ ६ महिनासम्म पनि सूर्य अस्ताउँदैन । जाडो मौसममा यहाँको तापक्रम माइनस ४३ डिग्रीदेखि माइनस २६ डिग्री सेल्सियसको बीचमा रहन्छ ।

गर्मी मौसममा यहाँको तापक्रम शुन्य डिग्री सेल्सियसको आसपास पुग्छ । तापक्रम अत्यन्तै चिसो भएपनि यहाँ मानिसहरु बस्छन ।

शुरुवाती समयमा यहाँ माछाको कारोबार मात्रै हुन्थ्यो । तर सन १९३० देखि यो स्थानको विकास हुन शुरु भयो । त्यसको ४ बर्षपछि अर्थात सन १९३४ मा त्यहाँका बासिन्दाहरुले पर्यटन ब्यवसाय शुरु गरे ।

माछापछि शुरु गरिएको पर्यटन ब्यवसायले पृथ्वीको अन्तिम सडक ई सिक्स्टीनाइनका बासिन्दाको आम्दानीको स्रोत पनि बढ्यो ।

त्यहाँ विश्वभरका मानिसहरु घुम्न जान्छन । त्यहाँ घुम्न जाने पर्यटकहरुले छुट्टै संसारमा आएको महसुस गर्छन । त्यहाँ सूर्यास्त र ध्रुबीय प्रकाश हेरेर पर्यटकहरु रमाउँछन । निलो आकासमा कहिले हरियो त कहिले गुलाबी रंगका प्रकास देख्न पाइने फ्लाइङ् पेपरले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial