ल्वाङ खानुका फाइदा


हेर्नुहोस ल्वाङ्ग खानुका फाइदा :

-ल्वाङको बोटमा बासनादार फूल हुन्छ । जसलाई सुकाएर मसला बनाइन्छ । जसमा औषधीय गुणयुक्त युजेनल नामक तत्व हुन्छ । त्यसले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधान गर्छ - ल्वाङ नियमित सेवन गर्दा मुखमा सेलाइवा नामक रस बढी नै उत्पादन हुन्छ । जसले खाना पचाउन मद्दत गर्नुका साथै एसिडिटीको समस्याबाट राहत दिलाउँछ ।

- ल्वाङको सेवनले रोगप्रतिरोधी क्षमता वृद्धि हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुने भएकाले छालालाई नरम र चम्किलो बनाइराख्न मद्दत पु-याउँछ ।

- ल्वाङमा हुने पोटासियम र भिटामिन एको मात्राले शरीरमा कमजोरीपन आउने समस्या हटाउन सहयोग गर्छ । 

- ल्वाङले आँखाको ज्योतिलाई कायम राख्न मद्दत गर्छ । साथै, पिनासको जोखिम कम गर्छ । 

- ल्वाङ हालेको चिया नियमित पिउँदा दाँत बलियो हुने, मुखभित्रका घाउ निको हुने हुन्छ । त्यसैगरी, कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial