काठमाडौं । अमेरिकी संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंस्रक समर्थकले हतियारसहित पसेर आतंक मच्चाएपछि राजधानी वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ ।
हिंसात्मक झडपमा प्रहरीको गोली लागी चार जना मारिएका छन् ।
संसदले नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावको नतिजा अनुमोदन र प्रमाणीकरण रोक्न ट्रम्पको आह्वानमा हतियारधारी समर्थकले प्रदर्शन र आक्रमण गरेका हुन् ।
तीन घण्टा संसद भवन नियन्त्रणमा लिएका उनीहरुले संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा तोडफोड गरे ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :