अमेरिकी राष्ट्रपति बाइडनद्वारा ट्रम्पको गर्भपतनविरोधी नीति खारेज


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति ट्रम्पले ल्याएको गर्भपतनविरोधी मुख्य नीतिलाई रद्द गरेका छन ।

‘ग्लोबल ग्याग नियम’का रुपमा समेत परिचित ट्रम्पको उक्त नीतिलाई राष्ट्रपति बाइडनले एक कार्यकारी आदेश जारी गर्दै रद्ध गरेका हुन ।

पूर्व राष्ट्रपति ट्रम्पले ल्याएको सो नीतिले संघीय सहायता प्राप्त गर्ने एजेन्सीहरुलाई गर्भपतनबारेका कुनै सेवा प्रदान गर्न र गर्भपतनबारे छलफल गर्नमा समेत रोक लगाएको थियो।

बाइडेनको कार्यकारी आदेशले विदेशमा रहेका संस्थाहरुलाई प्रजनन स्वास्थ्यबारे सेवाहरु प्रदान गर्नका लागि अमेरिकी सहायता प्राप्त गर्न सहज पारिदिएको छ।

यसअघि ट्रम्पले ल्याएको ‘ग्लोबल ग्याग नियम’ अनुसार अमेरिकी सहायता प्राप्त गरेका संस्थाहरुलाई गर्भपतनबारे छलफल समेत गर्नमा रोक लगाउँदा नेपालमा प्रजनन स्वास्थ्यबारे सेवा प्रदान गरिरहेका विभिन्न संस्थाहरु पनि प्रभावित भएका थिए।

जसका कारण नेपाली महिलाहरुका लागि प्रजनन स्वास्थ्यबारे कार्यक्रम चलाइरहेका संस्थाहरुले आफ्ना कार्यक्रमको स्वरुप नै बदल्नु परेको थियो। ग्रामिण क्षेत्रका कैयन नेपाली महिलाहरू प्रजनन स्वास्थ्यबारे सेवा र जानकारी लिनबाट समेत वञ्चित हुन पुगेका थिए।

नेपालमा अमेरिकी सहयोगमा लामो समयदेखि यस्ता कार्यक्रमहरु चल्दै आएका थिए । तर ट्रम राष्ट्रपति बनेपछि कानून बनाएर रोक लगाएको बिबिसीले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial