काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले शुक्रवार (आज) काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।
सरकारको असफलता, भ्रष्ट्राचार, धर्म परिवर्तन लगायतका मागहरु राख्दै राप्रपाले आज दिउँसो प्रदर्शन गरेको हो ।
उक्त आन्दोलनलाई अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बिहान साँढे ११ बजे माइतीघरबाट शुरु भएको आन्दोलन भृकुटीमण्डप हुँदै रत्नपार्क शान्तिवाटिकासम्म प्रदर्शन गरेको थियो । भने शान्तिबाटिकामा कोणसभा गरिरहेको छ ।
संसद विघटनविरुद्ध सत्तारुढ नेकपाको प्रचण्ड(नेपाल समूह, प्रतिपक्षी दल कांग्रेस, जसपा लगायतका दलहरुले आन्दोलन गरिरहेका छन् ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :