नेपाल–भारतबीचका सीमानाका सञ्चालन गर्न पर्यटन ब्यवसायीको माग


कास्की
। कोरोना महामारीका कारण बन्द रहेका नेपाल–भारतबीचका सीमानाका अविलम्ब खुला गर्न पश्चिमाञ्चल होटल संघ पोखराले माग गरेको छ । संघका अध्यक्ष विकल तुलाचनले संस्थाका तर्फबाट विज्ञप्ति जारी गर्दै सरकार समक्ष त्यस्तो माग गरेका हुन । संघले उक्त विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष ध्यानाकर्षण पत्रसमेत बुझाएको छ ।

ध्यानाकर्षणपत्रमा विगतको तथ्याङ्कअनुसार नेपाल आगमन हुने पर्यटकमध्ये सबैभन्दा बढी हिस्सा छिमेकी मुलुक भारतबाट स्थलमार्ग हुँदै आगमन हुने रहेको उल्लेख गर्दै छिमेकी मुलुकबाट पर्यटक भित्र्याएर वर्तमान समयमा देखिएको पर्यटकको अभावलाई केही हदसम्म पूर्ति गर्न सकिने जनाउँदै नाका खोल्न आग्रह गरिएको छ ।

नेपाल सरकारले होटल, रेष्टुरेण्ट, हिमाल आरोहण, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधि सञ्चालनका लागि अनुमति प्रदान गरे पनि अन्तर्राष्ट्रिय पर्यटकको आगमन अत्यन्त न्यून रहेको समेत ध्यानाकर्षणपत्रमा उल्लेख छ । वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा देखिएको शून्यतालाई चिर्न र दिगो पर्यटन विकासका लागि आन्तरिक पर्यटन मुख्य मेरुदण्ड रहेता पनि हालको आन्तरिक पर्यटकको आगमनले पोखरालगायत अन्य पर्यटकीय गन्तव्यको अकुपेन्सी आवश्यक मात्रामा पूर्ति गर्न सक्ने स्थिति नरहेको उल्लेख गरिएको छ ।

संघका अध्यक्ष तुलाचनले कोरोनाका कारण अति प्रभावित व्यवसायको रुपमा होटल तथा पर्यटन व्यवसाय भए पनि हालसम्म कुनै पनि प्रकारको राहत प्याकेज प्राप्त गर्न नसकेको उल्लेख गर्दै सरकारद्वारा आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा घोषणा गरेको पुनःकर्जा बैंक तथा वित्तीय संस्थाले साना, मझौला र ठूला व्यवसायीलाई प्रदान गर्न आनाकानी गरेको बताए । रासस ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial