काठमाडौं । सरकारले माघ एक गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले माघी तथा माघे संक्रान्तिका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले विदा दिने निर्णय गरेको हो ।
माघ एक गते थारु समुदायले नयाँ वर्षको रुपमा माघी पर्व मनाउने गरेका छन् । अन्यले माघे संक्रान्तिको रुपमा यो पर्व मनाउने गर्दछन् । थारु समुदायले माघीमा सार्वजनिक बिदा दिन लामो समयदेखि माग गर्दै आएका छन् ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :