पेट्रोलियम पदार्थको मूल्य बढेर यति पुग्यो


काठमाडौं
- नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको भाउ बढाएको छ। सोमवार रातिदेखि लागू हुनेगरि निगमले मूल्य समायोजन गरेको हो। निगमका अनुसार पेट्रोल डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाइएको हो।

समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ कायम हुनेछ। डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम हुनेछ।

मूल्य समायोजनपछि पनि पेट्रोलमा ५ रुपैयाँ ३४ पैसा, डिजेलमा दुई रुपैयाँ ९६ पैसा प्रतिलिटर घाटा रहेको निगमले जनाएको छ। एलपी ग्यासमा प्रतिसिलिन्डर १३४ रुपैयाँ ७२ पैसा घाटा रहेको जनाइएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial