बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकमा प्रधानमनत्री ओलीले चुनावको तयारीमा जुट्न आफू निकटका नेताहरुलाई निर्देशन दिनुभएको हो ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भएकै बेला उहाँले चुनाव हुने दाबी गर्नुभएको हो । सरकारले प्रतिनिधिसभा विघटनसँगै बैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको थियो ।
प्रधानमन्त्री ओलीले तोकिएको मितिमा भन्दा एकदिन पनि निर्वाचनमा ढिलाई नहुने बताउनुभएको एक नेताले जानकारी दिए । यस्तै बैठकमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र निर्वाचन आयोगमा भइरहेको गतिविधिबारे पनि व्रिफ्रिङ गरिएको थियो ।
बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको नाम नेकपा र सूर्य चिन्ह आफूहरुकै हुने दाबी समेत गर्नुभयो । अध्यक्ष र महासचिव आफूतिरै रहेकाले विधान अनुसार पनि आधिकारिक आफैं भएको ओलीको तर्क थियो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :