मनी चेञ्जर विनियमावली व्यवसायीमैत्री नभएको गुनासो



काठमाडौं ।
मुद्रा सटही व्यवसायी सङ्गठन (मनी चेञ्जर) पोखराका अध्यक्षमा रुपकराज मिश्र निर्वाचित भएका छन् ।

पोखरामा सम्पन्न सङ्गठनको १५ औँ साधारणसभा तथा आठौँ अधिवेशनबाट मिश्र निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा दीपकराज पौडेल, सचिवमा सङ्गीता पौडेल र कोषाध्यक्षमा अमृत भुजेल तथा सदस्यमा अनिता अधिकारी, कमल भुजेल, सबु श्रेष्ठ र प्रवीण अधिकारी निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष मिश्रले ‘मनी चेञ्जर विनियमावली २०७७’ व्यवसायीमैत्री नभएको र व्यवसायीलाई थप भार पारेको बताए । उनले भने, “मुद्रा सटही व्यवसायीलाई पहिला वार्षिक रु तीन हजार नवीकरण शुल्क लाग्नेमा अहिले तीन वर्षको नवीकरण शुल्क रु एक लाख बनाइएको छ । यो न्यायोचित छैन, यसको विषयमा आवाज उठाउएर व्यवसायीमैत्री बनाउन पहल गर्नेछु ।”

उनले कोभिड –१९ का कारण थला परेको पर्यटनलाई जीवन्त राख्न सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने पनि बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial