सबै अस्पतालहरुलाई नियमित सेवा प्रदान गर्न निर्देशन


काठमाडौं
– सरकारले सबै अस्पतालहरुलाई कोभिडसँग सम्बन्धित र गैरकोभिड उपचार सेवा प्रदान गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार भएको प्रेस ब्रिफिङ्गमा कोभिड अस्पतालले कोभिड उपचारसँगै गैरकोभिड सेवा दिन भनिएको जानकारी दिए । त्यसैगरी ननकोभिड अस्पतालहरुले पनि गैरकोभिड सेवा प्रदान गर्न निर्देशन दिएको बताए ।

त्यसैगरी खोप उच्चस्तरिय अनुगमन समिति गठन गरिएको पनि उनले जानकारी दिए ।

प्रवक्ता गौतमले वायु प्रदुषणले श्वासप्रश्वासमा कठिनाई पार्ने भएकाले घर बाहिर निस्केर शारीरिक अभ्यास नगर्न आग्रह गरे ।

साथै फोहरहरु नजलाउन पनि उनले आग्रह गरे ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial