दमौली । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्योगी व्यवसायीलाई लगानी गर्न आग्रह गरेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा आजदेखि सञ्चालनमा आएको राम्जाली अटोमोबाइल्सको उद्घाटन गर्दै मन्त्री गुरुङले उद्योग व्यवसायमैत्री नीति बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
मन्त्री गुरुङले रोजगारीको सिर्जना र राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउन उद्योग व्यवसायको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए । “उद्योगी व्यवसायीको संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकारको तर्फबाट हुने सबै सहयोग गरिनेछ”, मन्त्री गुरुङले भने, “ढुक्कसँग लगानी गर्नुहोस् ।”
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :