मेरिल्याण्डमा प्रवेश परिक्षा (स्कोलरसिप इन्ट्रान्स) सम्पन्न


प्रकाशित: पुस २९, बुधबार, विराटनगर ।
कोभीड – १९ को महामारीले गर्दा रोकिएको कक्षा – ११ को प्रवेश परिक्षा विराटनगर – ७ स्थीत मेरिल्याण्ड कलेजले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बुधबार सम्पन्न गरेको छ । 

प्रत्येक बर्ष एस.ई.ई. नतिजा निस्किएको १० दिन भित्र १५०० भन्दा बढी विद्यार्थी को प्रवेश लिई करिब ८०० विद्यार्थी भर्ना गर्ने गरेकोमा यस बर्ष कक्षा ११ मा भर्ना भएका ८७१ बिद्यार्थीले मात्र प्रवेश परिक्षा दिएको कुरा प्रिन्सिपल लक्ष्मण ढकाल राष्ट्रिय टाइम्स लाई बताउनुहुन्छ । 

उहाँका अनुसार यो परिक्षा मार्फत कक्षा – ११ मा अध्ययनरत थुर्पै बिद्यार्थीहरुले एस.ई.ई. को जि.पी.ए. र प्रवेश परिक्षाको प्रात्ताङ्क को आधारमा पूर्ण, अर्ध र आंशिक छात्रवृती पाउने छन् । स्मरणरहोस, मेरिल्याण्ड कलेज व्यवस्थापन शिक्षामा देशकै उत्कृष्ट कलेज परेकोले विद्यार्थीको पहिलो रोजाईमा रहने गरेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial