बर्जुमा पेशागत विकास कार्यशाला सम्पन्न


प्रकाशित: माग १०, शनिबार, सुनसरी । 
सुनसरी बर्जु गाउँपालिकाले हप्ताव्यापी शिक्षकको पेशागत विकास तथा शिक्षण कौशल अभिबृद्धि कार्यशाला सम्पन्न गरेको छ । गत माघ चार गतेबाट सुरु भएको उक्त कार्यक्रम आधारभुत तहका सामुदायिक तथा धार्मिक विद्यालयहरुका अंग्रेजी विषयका शिक्षकहरुलाई लक्षित गरी सन्चालन गरिएको हो ।

बर्जु गाउँपालिका अन्तर्गत २५ वटा सामुदायिक र २ वटा धार्मिक विद्यालयहरु रहेका छन् । शिक्षा शाखाका प्राविधिक सहायक हेमराज दाहालले राष्ट्रीय टाइम्सलाई भने,“ हामीले यो पटकको तालिम पृथक ढंगले सन्चालन गरेका हौं । बिषयगत तथा विधागत थिम निर्माण गरी बर्तमान पाठ्यक्रमसँग लिकं गराइ फरक दिनमा फरक – फरक विज्ञ प्रशिक्षकबाट प्रशिक्षणको मोडालिटी निर्माण गरेका हौं । ”

प्रशिक्षणमा विश्वविद्यालयको पाठ्यक्रम निर्माणमा समेत संलग्न हुनुभएका प्रा.डा. विमल कुमार श्रीवास्तवले विद्यार्थीको लेखाई सीप विकास गराउने नविन तथा खोजमुलक अभ्यासहरुमा आफ्नो धारणा राखे भने अतिथी प्रशिक्षकको रुपमा रहेका अवकासप्राप्त उपसचिव डिल्लीराम अभिकारीले विश्वको शिक्षा प्रणाली र हाम्रो शिक्षा विषयमा धारणा प्रस्तुत गरेका थिए ।

दुर्गा प्रसाद चुडाल, भगीरथ पोखे्रल, बेदु कुमार खतिवडा, तुलसी दुलाल, विष्णु कार्की र अन्जु रेग्मी लगायतले अंगे्रजी शिक्षणका बिधि, व्याकरणको क्रियाकलाप केन्द्रित शिक्षण प्रकृया, मन्टेस्वरीमा आधारित शिक्षण अभ्यास जस्ता विविध विषयमा छलफल तथा अन्र्तक्रियाको सहजीकरण गरेका थिए । कार्यक्रमका सहभागी शिक्षक हेम गुरुङ्गले उक्त तालिम बहुउपयोगी भएको बताए तर त्यसको वास्तविक प्रयोग शिक्षकले कक्षाकोठामा गरेपछि मात्र यो कार्यक्रमले सार्थकता पाउने धारणा राखे ।

समापन कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख बाबुराम कार्कीले सामुदायिक विद्यालयको शैक्षिक स्थिति सोचे जस्तो कमजोर नरहेको र सुधार नै गर्न नसक्ने अवस्था पनि नरहेको भन्दै सबै सरोकारवालाई शिक्षामा जिम्मेवार हुन अपिल गरे ।

तस्विर श्रोत (हेमराज दाहाल)

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial