श्वविद्यालयले विद्यार्थीमाथि गरेको दमनप्रति प्राध्यापकहरुको आपत्ति


काठमाडौं
। मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रशासनले बल प्रयोग गरी जायज मागहरु पुरा नगरेको भन्दै प्रध्यापकहरुको विभिन्न संगठनले आपत्तिजनाएका छन् ।

विद्यार्थीहरुले उठाएका जायज मागहरु पुरा गर्नुको साटो विद्यार्थीहरुमाथि नै बल प्रयोग गरी द्वन्द बढाउने कार्य गरेको भन्दै आपत्ति जनाएका हुन् ।

मंगलवार संयुक्त विज्ञप्ति जारी गर्दै प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, नेपाल प्राध्यापक समाज र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले विश्वविद्यालय प्रशासनको निन्दा गरेका हुन् ।

पुस २६ गते आइतवार शैक्षिक मागहरु राखेर पत्र बुझाउन गएका विद्यार्थीहरुमाथि विश्वविद्यालय प्रशासनले प्रहरी लगाएर विद्यार्थीहरुमाथि दमन गरेको भन्दै प्राध्यापकहरुको संघले आपत्ती जनाएका हुन् ।

‘प्राज्ञिक थलोको गरिमा घटाउने गरी पटक(पटक यस्ता गतिविधिहरु पुनरावृत्ति हुँदै गएको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनामा घाइते भएका विद्यार्थीहरुको स्वास्थ्य लाभको कामना गर्दै जायज मागहरु वार्ता र संवादका माध्यमबाट समाधान गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौं ।’ उनीहरुले विज्ञप्तिमा भनेका छन् ।

त्यस्तै प्राध्यापकहरुले विश्वविद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुको सेवा सुविधा नियमित रुपले उपलब्ध गराउन र स्थायित्व प्रक्रिया यथाशीघ्र अगाडि बढाउन पनि माग समेत गरेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial