तोलामा ६ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?


काठमाडौं
। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य सँगसँगै नेपाली बजारमा आज चाँदीको मूल्यमा पनि प्रतितोला २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial