अमेरिकी संसद परिसरमा बबाल : ४ जनाको मृत्यु, वाशिंगटनमा १५ दिने पब्लिक इमर्जेन्सी


काठमाडौं
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम समयमा अमेरिकाले एक पटक फेरि हिंसाको रुप देखाएको छ ।

यस पटक वाशिंगटनस्थित क्यापिटल हिलमा डोनाल्ड ट्रम्पका समर्थकले हंगामा मच्चाएका छन् । ट्रम्पका हजारौँ समर्थक क्यापिटल हिलमा हतियारसहित पसेका थिए ।

उनीहरुले त्यहाँ तोडफोड गर्नुका साथै सीनेटरलाई बाहिर निकालेर कब्जा गरेका थिए । यस हिंसामा ४ जनाको मृत्यु भएको बुझिएको छ । बाइडेनलाई राष्ट्रपति बनाउने तयारी चलिरहेको बेला यो हिंसा भड्किएको हो ।



डोनाल्ड ट्रम्पलाई सत्तामा राख्नको लागि दबाव दिइएको छ ।

वाशिंगटनका पुलिसका अनुसार चार जनाको मृत्यु भएको छ । जसमा एक महिलासमेत रहेकी छन् ।

उनलाई पुलिसको गोली लागेको थियो । वाशिंगटन मेयरका अनुसार त्यहाँ १५ दिनका लागि पब्लिक इमर्जेन्सी लगाइएको छ

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial