सीमा क्षेत्रमा अवैध नगदको कारोबार बढ्दो, ३१ लख ८९ हजार नगदसहित एक युवक पक्राउ


सिरहा
। सिरहा प्रहरीले स्रोत नखुलेको नगदसहित एक युवकलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–२१ लगडीगोठबाट खटिएको इलाका प्रहरी कार्यालयको टोलीले चेक जाँचका क्रममा सिरहा नपा–२२ हकपाडाका ३९ वर्षीय विश्वनाथ यादवको साथबाट स्रोत नखुलेको ३१ लख ८९ हजार बरामद भएको हो ।

कपडाको झोलामा बोकेर ल्याइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले जानकारी दिए ।

पक्राउ परेका यादवलाई आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धिकरण विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

उनले भारतीय बजारबाट नेपाली बैङ्कमा जम्मा गर्न रकम ल्याएको हुन सक्ने अनुमान गरिएको छ ।

सीमाक्षेत्रका भारतीय व्यसायीहरुले जम्मा भएका नेपाली रुपैयाँ नेपाली नागरिकको नाममा यतै विभिन्न बैङ्क तथा वित्तिय संस्थाहरुका खाता खोली एटीएमका माध्यमबाट भारतमा भारु रकम झिक्ने गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका बताएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial