ओरालो लाग्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं
। लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा सोमबार पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार सोमबार छापावाला सुन तोलामा रु २ सयले घटेको छ ।

प्रतितोला रु ९१ हजार ८ सयमा आइतबार कारोवार भएको छापावाला सुन सोमबार भने तोलामा रु ९१ हजार ६ सयमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन आइतबार तोलामा रु ९१ हजार ३ सयमा कारोबार भएकामा आजका लागि भने रु ९१ हजार १ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँदी तोलामा रु एक हजार २ सय ३० मा कारोबार हुनेछ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial