आन्तरिक पर्यटन प्रवर्द्धनका लागि धम्पुस पिकको सफल आरोहण


पोखरा
। ६ जना नेपालीले मुस्ताङमा रहेको ६ हजार १२ मिटर अग्लो धम्पुस पिकको सफल आरोहण गरेका छन् ।

आन्तरिक पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) र नेपाल पर्वतारोहण संघ (गण्डकी प्रदेश) को संयुक्त पहलमा २ जना महिलासहित ६ जना नेपालीको टोलीले धम्पुस पिकको सफल आरोहण गरेका हुन् ।

यो आरोहणले विश्वव्यापी कोभिड–१९ बाट सुस्ताएको नेपालको आन्तरिक पर्यटनलाई उकास्न सघाउ पुग्ने बताइएको छ ।

पर्यटन विभागबाट अनुमति लिएर नेपाल पर्वतारोहण संघको प्राविधिक सहयोगमा ६ जना नेपालीहरुको टोलीले धम्पुस पिक आरोहण गरेका हुन् ।

आरोहण दलका संयोजक जीवनराज सापकोटाका अनुसार माघ ३ गते बिहान ११.४८ बजे ६ जनाको टोलीले शिखरमा पुगेर नेपालको झन्डा फहराएको थियो ।


पुस २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आरोहीहरूलाई नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको झन्डा हस्तान्तरण गरेका थिए ।

आरोहण दलमा टासी पासाङ गुरुङ (मुस्ताङ), मनु गुरुङ (मनाङ), दीपेशबाबु सुवेदी (कास्की), सनकुमार जुग्जाली (म्याग्दी), सुदीप गौतम (कास्की), हीराकुमारी मल्ल (स्याङ्जा) रहेका छन ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial