नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनको अध्यक्षमा अधिकारी


काठमाडौं । नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनको २०औं साधारणसभा तथा कार्यसमिति निर्वाचनबाट सबै निर्विरोध निर्वाचित भएका छन् ।

मनोज अधिकारीको अध्यक्षतामा प्रथम उपाध्यक्षमा राजेन्द्र संग्रौला, द्वितिय उपाध्यक्षमा नरेशकुमार अग्रवाल, महासचिवमा अशोकमान कपाली, कोषाध्यक्षमा हरिप्रसाद ढकाल, सचिवमा ईश्वरबहादुर गुरुङ, सहकोषाध्यक्षमा सुजन कुमार न्यौपाने निर्वाचित भएको एसोसिएसनले जानकारी दिएको छ ।

कार्यसमिति सदस्यमा गंगाराम पुडासैनी, सीता अधिकारी, सहदेव बञ्‍जारा, गंगाबहादुर राया ९गोपाल०, सञ्‍जिव अर्याल, प्रनिलमान सिंह प्रधान र मनिषमान श्रेष्ठ छन् ।

एसोसिएसनले आर्थिक समस्याबाट ग्रसित दुई क्यान्सर पीडितलाई प्रति व्यक्ति ३६ हजार रुपैयाँ र अर्का क्यान्सर पीडितलाई २० हजार सहयोग गरेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial