ट्रम्पविरुद्ध मतदान गर्ने सांसदलाई ‘सुरक्षा खतरा’


एजेन्सी ।
अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पलाई बुधवार महाभियोग लगाउन उनको पार्टीका १० जना सदस्यले साथ दिएपछि संसद्‌मा रिपब्लिकनहरूबीच गहिरो विभाजन देखापरेको छ। तल्लो सदनमा तेस्रो वरिष्ठताकी रिपब्लिकन नेत्री लिज चेनीले महाभियोगको पक्षमा मतदन गर्ने उनको भूमिकालाई लिएर उनले पार्टी नेतृत्व तहबाट राजीनामा दिनुपर्ने मागको सामना गरिरहेकी छन्।

ट्रम्पविरुद्ध मतदान गरेका सांसदहरूले आफूहरूले हिंसाको खतरा सामना गरेको र सुरक्षा बढाइएको बताएका छन्। ट्रम्पले कार्यालय छाड्ने र सिनेटमा सुनुवाइको सामना गर्ने तयारी गरिरहँदा पछिल्लो अवस्था देखापरेको हो।

सुरक्षा चिन्तामा सांसदहरू
अर्का रिपब्लिकनले कैयौँ सहकर्मीले शरीर सुरक्षा गर्ने रक्षाकवच किनेको जानकारी दिए। उनका अनुसार सुरक्षा खतराका कारण ती सांसदहरूले हिंसाको चेतावनी पाएपछि नियमित तालिका परिवर्तन गर्न बाध्य भएका छन्। मिसिगनका रिपब्लिकन पीटर मेइजरले बिहीवार भने, ‘कसैले हाम्रो हत्या गर्न खोज्छ भन्ने हामीलाई लागेको छ।’

उनले भविष्यमा के हुन्छ भन्ने थाहा नभएको बताए। उनले भने, ‘यो अद्वितीय त्रासको अवस्था सहित विभाजन र घृणाको यो अभूतपूर्व वातावरणमा हामीले हरेक परिदृश्यको लेखाजोखा गर्नुपर्छ।’ ट्रम्पमाथि लागेको महाभियोगको अब सिनेटमा सुनुवाइ भएपछि छिनोफानो हुनेछ।

अमेरिकामै उपराष्ट्रपति माइक पेन्सले आउँदो साता हुने बाइडनको सपथ समारोहमा आफूले सुरक्षा सुनिश्चत गर्ने बताएका छन्। उनका अनुसार देशव्यापी रूपमा सुरक्षा सतर्कता बढाइएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial