प्रदेश संरचना संघीयताको मुटु : मुख्यमन्त्री राई


विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संरचना संघीयताको मुटु भएको बताएका छन् ।

केन्द्र र स्थानीय तहको प्रयोग लामो समयदेखि भएपनि प्रदेश संरचना नयाँ भएको उनले बताए । आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्रालय पुगेका मुख्यमन्त्री राईले प्रदेश १ को आर्थिक अवस्थाबारे जानकारी लिएपछि संघीयताको मुटु प्रदेश भएजस्तै प्रदेश सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको बताए ।

प्रदेश सरकारको मुटु पहिलो वर्ष राम्रै चलेपनि दोश्रो वर्षको अन्त्यदेखि समस्या देखिदै गएको आफुले पाएको उनले बताए । मुख्यमन्त्री राईले भने, ‘चालु आर्थिक बर्षको बजेट प्रस्तुत भएर पारित भईसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहा भयो ।’

‘प्रदेशको बजेट दुर्घटनाबाट अघि बढेको रहेछ’ उनले भने, ‘समस्या पहिचान भएकाले उपचारको प्रकृया शुरु भईसकेको छ ।’ उनले भने, ‘मन्त्रालयका सचिवले चिकित्सकको भूमिका निर्वाह गरिरहनु भएको छ ।’

प्रदेश सरकारले सही र यथार्र्थपरक बजेट बनाउन नसकेको र वित्तिय अनुशासन कायम नभएकोबारे विभागिय मन्त्रीलाई पटक–पटक सचेत गराएको उनले बताए । उनले मन्त्रालयमा देखिएको वेथितिलाई पूर्णरुपमा निर्मुल गर्न निर्देशन दिएका छन् ।

प्रणालीको विकास हुन नसक्दा मुलुकको दिगो र व्यवस्थित विकास हुन नसकेको उनले बताए । प्रदेशमा प्रणालीको विकास गरि अनुसन्धानमा आधारित विकास कार्यअघि बढाइने उनले बताए । वित्तिय अनुशासन कायम राख्न मन्त्रालयका कर्मचारीलाई उनले निर्देशन दिए । मुख्यमन्त्री राईले भने, ‘गल्ती कमजोरी कहीँ कतैबाट हुन दिनुभएन ।’

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial