कैलालीका थारु गाउँमा माघीको तयारी सुरू


कैलाली
– कैलालीको टीकापुर–५ की छोट्की चौधरी यतिखेर निकै व्यस्त छन् । उनी माघी पर्व नजिकिन थालेपछि माघीका लागि आवश्यक दाउरा सङ्कलन र दुनाटपरी बनाउने पात टिप्न दैनिक जङ्गल धाउन थालेकी छन् ।

“तीन दिन भयो जङ्गलबाट दाउरा काटेर ल्याएँ । अब पात टिप्न थालेकी छु । दुनाटपरी लगाउनुछ”, उनले भनिन्, “माघीमा पाहुना धेरै आउँछन्, माघीमा चाहिने मासु र अन्नको पनि जोहो गर्नुछ । अब फुर्सद हुन्न ।”

टीकापुर–१ वनगाउँका सन्देश थारु पनि माघीमा आवश्यक बङ्गुर, बाख्रा, दाउरा, माघीमा पकाइने परिकारका लागि चामल, पिठोको जोहो गर्नमा व्यस्त छन् ।

“माघी हाम्रो प्रमुख पर्व हो । हाम्रा लागि यो नयाँ वर्षको सुरूआत हो । यस समयमा हामी खानपान, रमाइलोमात्र होइन वर्षभरि गर्ने कामको योजना बनाउने काम गर्छौं”, सन्देशले भने, “यससँगै हामी माघीमा खानपान र रमाइलो गर्ने गर्दछौँ । यो समयमा थारु संस्कृति झल्कने नाचगान गर्ने गरिन्छ ।”

माघी थारु समुदायको सबैभन्दा ठूलो पर्व रहेकाले पर्व मनाउन लागि एक साता अघिदेखि नै तयारी सुरू गरिएको छ । माघीका लागि आवश्यक पर्ने जिता खोज्ने, खाने मानिसको सूची बनाउनेलगायतका तयारी भइरहेको बनगाँउका बडघर पहारुलाल चौधरीले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial