रोजगार सम्झौता कार्यान्वयनका लागि नेपाल र इजरायबीच हस्ताक्षर हुँदै



काठमाडौं
। नेपाल र इजरायलबीच आज ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा हस्ताक्षर हुने भएको छ । गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि आज दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा हस्ताक्षर हुन लागेको हो ।

प्रोटोकलमा नेपाल सरकारकातर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायल सरकारका तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोदरले हस्ताक्षर गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रोटोकलमा हस्ताक्षर भएसँगै इजरायलको विशिष्ट श्रम बजार नेपाली युवाका लागि खुला हुनेछ । जसअनुसार पाँच सय नेपाली युवा रोजगारीका लागि इजरायल जानेछन् । यसले केयरगिभर, कृषि, होटल तथा रेष्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर खुल्नेछ ।

नेपाली युवाले इजरायली श्रम कानुनअनुसार सेवा सुविधा पाउनेछन् । प्रोटोकलमा हस्ताक्षरपछि एक, दुई हप्ताबाट श्रमिक छनोट प्रक्रिया सुरु हुने र डेढ, दुई महिनामा पहिलो चरणका लागि तोकिएका ५०० नेपाली रोजगारीका लागि इजरायल जाने मन्त्रालयका सचिव तोयम रायले बताए ।
दुई देशबीचको सरकार–सरकार संयन्त्र (जीटूजी) बाट नेपाली कामदार इजरायल जानेछन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial