बारामा तीन अर्ब ३४ करोडको अगहनी धान उत्पादन


बारा । बारामा यस वर्ष रु तीन अर्ब ३३ करोड ९६ लाख ७ सय ५० बराबरको एक लाख ४५ हजार २ सय १ मेट्रिकटन अगहनी धान उत्पादन भएको छ ।

कृषकहरुले यस वर्ष सोना मंसुली, सावित्री, स्वर्णसवा एक, सवा मङ्सुली, राधा ११, राधा नौ जातका अगहनी धान कूल ३४ हजार १ सय ६५ हेक्टर क्षेत्रफलमा खेती गरी धान उत्पादन गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।

उत्पादन गरिएको धान कलैया बजारमाप्रति क्वीन्टल रु दुई हजार २ सयदेखि रु तीन हजार ३ सयसम्ममा बिक्री भइरहेको प्रमुख यादवले बताए । गत वर्ष कृषकले विभिन्न जातको अगहनी धान ३४ हजार १ सय ६३ हेक्टर क्षेत्रफलमा खेती गरिएकामा धानबालीमा फौजी कीराको प्रकोपले उत्पादनमा ५० प्रतिशत कमी आएको ज्ञानकेन्द्रले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial