नेकपा फुटको असर वैदेशिक रोजगार व्यवसायीमा देखिएन, मन्त्री भेट्न सँगसँगै


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपमा दुई भइसकेपनि नेकपा समर्थित वैदेशिक रोजगार व्यवसायीहरु भने एकजुट देखिएका छन् ।

नेकपा एकपछि बनेको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका संयोजक रामप्रसाद भन्तना हुन भने सहसंयोजक राजेन्द्र भण्डारी हुन् । उनीहरुले विगतमा जस्तै पदीय दायित्वमा उनीहरुले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई भेटेर बधाई दिए । ज्ञापनपत्र दिए ।

यसअघि पनि मञ्चको बैठक बसेर पार्टीमा फुट देखिएपनि व्यवसायीहरु एकजुट भएरै अघि बढ्ने निष्कर्ष निकालिएको थियो ।

भन्तना पूर्वमाओवादी हुन् भने भण्डारी पूर्वएमालेका हुन् । उनीहरुले व्यवसायीको तर्फबाट वैदेशिक रोजगार व्यवसायमा देखिएको समस्यामा समाधानका लागि भन्दै मन्त्री चौधरीलाई ४ पृष्ठ लामो पत्र पनि दिएका छन् ।

सो भेटका अवसरमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ समेत सहभागी थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial