पचास करोड रुपैयाँको एन्टिजेन किट खरिद प्रक्रिया स्थगित


काठमाडौं । कोरोना संक्रमणको द्रुत परीक्षणका लागि एन्टिजेन किट खरिद गर्ने सरकारी योजना स्थगित भएको छ । विवादमा पर्ने देखिएपछि स्वास्थ्य मन्त्रालयले एन्टिजेन किट खरिद गर्ने योजना तत्कालका लागि स्थगित गरेको हो ।

ठूलो परिमाणमा मौज्दात हुँदा हुँदै मन्त्रालयले दुई चरणमा गरेर ५० करोडको एन्टिजेन किट खरिद गर्ने तयारी गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ तथा एन्टिजेन किट खरिद प्रक्रियाका संयोजक महेन्द्रप्रसाद श्रेष्ठले तत्काल किट खरिद नगर्ने बताए ।

मौज्दात हुँदा हुँदै किट खरिद गरिए कमिसनका लागि किनिएको आरोप लाग्न सक्ने भएकाले मन्त्रालय पछि हटेको हो । विज्ञहरूले पनि एन्टिजेन प्रभावकारी नहुने भन्दै पिसिआर परीक्षणमा जोड दिनुपर्ने बताउँदै आएका छन् ।

कोरोना परीक्षणका लागि सरकारले यसअघि खरिद गरेको आरडिटी किटले यकिन नतिजा नदिएपछि पिसिआर परीक्षणमै जोड दिएको थियो ।

मन्त्रालयले आरडिटी किटजस्तै कोरोना भाइरसको द्रुत परीक्षणका लागि एन्टिजेन खरिद गर्ने बताएको थियो ।

स्वास्थ्य सेवा विभागले पहिलो चरणमा ३० करोड रुपैयाँको तीन लाख किट खरिद गर्न २४ पुसमा टेन्डर आह्वान गर्ने तयारी गरेको थियो । त्यस्तै, माघमा थप दुई लाख किट खरिद गर्ने योजना थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial