प्रकाशित: पुस १७, शुक्रबार, बिराटनगर ।
घरबार बिहिन तथा असहाय र असक्षम वृद्ध पुरूष तथा महिलालाई उद्धार गरि खान बस्न व्यवस्था मिलाई सेवा पुर्याउँदै आएका मानवसेवा आश्रम बिराटनगर लाई रानी मिल्स एरिया बिराटनगर-१५ का युवा समूह द्वारा आज नयाँ वर्ष २०२१ को अवसरमा राहत प्रदान गरेका छन्।
बिगतका दिनहरूमा पनि सामाजिक कार्यमा सक्रिय रहेका युवा रमेश शर्माको अध्यक्षतामा रानी बिराटनगरका युवाहरुद्वारा राहत स्वरुप ३ बोरा चामल,१५ के जी दाल , १०लि खाने तेल , ५ के जी नुन , पिठो , ५ कार्टुन पानि , २०० मास्क आदि खाद्यान्न वस्तु हरू मानव सेवा आश्रमलाई हस्तान्तरण गरेका हुन।
कोरोना माहामारीको जोखिमको बेलामा पनि मास्क सेनिटाइजर वितरण तथा सडकमा रहेका असाहायहरुलाई खाना खुवाउने जस्ता सामाजिक कार्यमा अग्रसर रहेका युवाहरुले आज नववर्ष २०२१ को अवसरमा उदाहरनिय काम गरि फेरिपनि प्रेरणादायि श्रोतको रुपमा प्रस्तुत भएका छन्।
यस्ता कार्य समाजका लागि प्रेरणादायी श्रोत बन्ने र मानव सेवा आश्रम लाई थप सहयोग पुग्ने भन्दै मानव सेवा आश्रमका सञ्चालकले धन्यवाद व्यक्त गरेका छन्।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :