प्रतिनिधि सभा विघटन संवैधानिक– बामदेव गौतम


काठमाडौं
। नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य बामदेव गौतमले प्रतिनिधि सभा विघटनलाई संवैधानिक भएको बताउनुभएको छ । विघटनविरुद्ध सर्वोच्चमा परेका रिटहरूको विषयमा संवैधानिक इजलासमा बहस हुन थालेका त्यसलाई असंवैधानिका भन्न नहुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मैले यो असंवैधानिक कदम हो भनेँ । तर, सर्वोच्च अदालतमा परेका रिटहरू संवैधानिक इजलासमा लगेपछि असंवैधानिक हो भन्न मिल्दैन ।’

अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि आफूले यसलाई असंवैधानिक नभन्ने उहाँको तर्क छ । ‘यो विषय संवैधानिक विषय हो भनिसकेपछि पुनर्स्थापना भए पनि असंवैधानिक भएर पुनर्स्थापना भयो भन्ने छैन ।’ असंवैधानिक विषय संवैधानिक इजलासमा प्रवेश नै नुहने नेता गौतमको भनाइ छ ।

संविधान भित्रको विषय आफूले भनेबमोजिम भएन भन्दैमा संविधानलाई बदनाम गर्न नहुने उहाँको भनाइ छ । उहाँले घुमाउरो तरिकाले प्रतिनिधि सभा विघटनलाई संवैधानिक बताउँदै आफ्नो स्वार्थअनुसार संविधानलाई बदनाम गर्न नहुने धारणा राख्नुभयो ।

राष्ट्रिय सभा बैठकमा गौतमले पहिलो पटक आफ्नो धारणा राख्नुभएको हो । यसअघि बसेको बैठकमा उहाँले आफ्नो धारणा राख्न पाउनुभएको थिएन ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial