कतारमाथीको खाडी मुलुकहरुको नाकाबन्दी अन्त्य


एजेन्सी ।
खाडी मुलुकहरुले कतारविरुद्ध लगाएको नाकाबन्दीको अन्त्य भएको छ । आतङ्कवादलाई सहयोग गरेको आरोप लगाउँदै सन् २०१७ जुन ५ देखि गल्फ राष्ट्रहरू साउदी अरब, बहराइन, ओमन, युएई लगायतले कतारमाथि लगाएको नाकाबन्दीको अन्त्य भएको हो । नाकाबन्दी आफ्नो तर्फबाट हटाउन साउदी अरब सहमत भएको छ ।

साउदी अरेबियाले हवाई मार्ग, जलमार्ग र स्थलमार्ग जनवरी ४ को राति १२ बजेबाट खोल्न सहमत भएको कुवेतका विदेश मन्त्री डाक्टर शेख अहमद नासेर अल मोहम्मद सवाहले बताएका छन् ।

कुवेतले गल्फ राष्ट्रले कतारमाथि लगाएको नाकाबन्दी हटाउन मध्यस्थकर्ताको भूमिका निभाउँदै आएको थियो ।


यसैबीच कतारका अमिर सेख तमिम बिन हमाद अल थानी कतारको तर्फबाट आज अरब सहयोग परिषद्को ४१औँ सम्मेलनमा भाग लिन साउदी अरेबिया प्रस्थान गर्दैछन ।

नाकाबन्दी हटाउने साउदी अरेबियासँगको सहमतिले कतारमा रहेका जनमानसमा खुसियाली छाएको टाइम्स नाओले जनाएको छ । कतारमाथीको नाकाबन्दीका कारण थुप्रै नेपालीहरुले पनि रोजगारी गुमाएका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial