काठमाडौं । कोरोना भाइरसको महामारीका कारण निःशुल्क भएको अन्तर बैंक एटिएम सेवाको प्रयोगमा अब शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले सबै बैंकहरुलाई परिपत्र जारी गर्दै अब शुल्कलिनका लागि भनेको छ ।
परिपत्रमा एउटा बैंकको एटिएमको प्रयोग गरी अर्को बैंकबाट पैसा निकालेमा प्रतिपटक २० रुपैयाँ शुल्क लिन plका लागि राष्ट्र बैंकले भनेको छ । परिपत्रमा महिनामा दुईवटा कारोबार निःशुल्क गर्न र अरु कारोबारमा प्रतिपटक २० रुपैयाँ लिन भनिएको छ ।
यसअघि विश्वभर महामारीको रुप लिएको कोभिड नेपालमा पनि देखिएपछि बैंकहरुले अन्तर बैंक एटिएमको प्रयोग निःशुल्क गरेका थिए । ATM_Cost_Circular_P23
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :