काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्टि«य उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरुलाई उनीहरुको योगदानको कदर गर्दै पुरस्कृत गरिने भएको छ ।
स्वरोजगारीलाई प्रोत्साहन गर्न नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान तथा पुरस्कार प्रदान गर्न लागेको हो ।
श्रमिक भिसामा विदेश गई कम्तिमा १ वर्ष काम गरी फर्किएका नेपाली नगरिक यस सम्मान तथा पुरस्कारका लागि योग्य रहने छ । विगत ५ वर्ष भित्रमा यस प्रकारको सम्मान तथा पुरस्कार प्राप्त नगरेको हुनुपर्ने सूचनामा जनाइएको छ ।
विदेशमा काम गरी फर्केका उद्यमी राष्टिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ को अनुसूची २ अनुसारको आवेदन फाराम भरी खामबन्दी गरी माघ १९ गतेसम्म श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन भनिएको छ । साथै, इमेलमार्फत पनि पठाउन सकिने व्यवस्था रहेको जानकारी दिएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :