मेगा बैंकको अत्याधुनिक भर्चुअल सहायता सेवा


काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता शुभारम्भ गरेको छ ।

ग्राहकहरुलाई छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट÷सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञाशाहरुको पनि सम्बोधन गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा प्रारम्भ गरेको बैंकले जनाएको छ ।

छोटकरीमा ‘मिभा’ नामाकरण गरिएको यो सेवा इन्टरनेटको पहुँचमा रहेका ग्राहक महानुभावहरुले २४ सै घण्टा लिन सक्नेछन् ।

कसरी लिने यो सेवा?
ग्राहकहरुले मेगा बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम वा फेसबुक म्यासेन्जरमार्फत सजिलै यो सहायता लिन सक्नेछन् ।

वेबसाइटको दायाँतर्फ मेगा बैंकको अफिसियल मासकट ‘कान्छा’ वा ‘कान्छी’ देखिनेछ । त्यसमा क्लिक गरेपछि सेवाग्राहीहरुले मेगा बैंकले प्रदान गरिरहेका बिभिन्न प्रडक्ट–सेवा र जानकारी आफुले छनौट गरेको भाषा नेपाली वा अंग्रेजीमा प्राप्त गर्न सक्नेछन् । आफूलाई आवश्यक परेको बटममा क्लिक गरिसकेपछि ग्राहकहरुले तत्कालै प्रतिक्रिया सहित सेवा प्राप्त गर्न सक्नेछन् ।

डबल विन्डोमा बनेको ‘मिभा’मा ग्राहकले राखेको जिज्ञासाको प्रतिक्रियाको अतिरिक्त सो जिज्ञासासँग मिल्दा अन्य जिज्ञासाहरु समेत एकसाथ उपलब्ध हुनेछन् । ग्राहकले आफ्नो खाताको मौज्दात विवरण तथा कारोवारको विवरण थाहा पाउन सकिने विशेषता रहेको आर्टिफिसियल इन्टेलिन्समा आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङका लागि अत्याधुनिक पद्दतीवाट सञ्चालन गरिएको मेगा बैंकले जनाएको छ ।

ग्राहकहरुलाई नवीनतम सेवा दिने उद्देश्यले यसअघि नै मेगा बैंकले भिडियो अकाउन्ट ओपनिङ, टिक बैंकिङ लगायतका सेवाहरु ल्याइसकेको जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial