काठमाडौं । आइतबार तोलामा रु दुई हजार ३ सयले ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोामबार छापावाल सुन प्रतितोला रु ९२ हजार २ सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आइतबार छापावाल सुन तोलामा रु ९३ हजारमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन सोमबारका लागि तोलामा रु ९१ हजार ७ सय तोकिएको छ । आइतबार तोलामा रु ९२ हजार ५ सयमा कारोबार भएको थियो । चाँदी तोलामा रु ४० ले घटेको छ । आइतबार रु एक हजार २ सय ७० मा कारोबार भएको चाँदी आज भने रु एक हजार २ सय ३० मा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :